Wednesday, February, 21st, 2018 ,

मलेसियामा नेपाली कामदारको माग घट्ने, गैरकानुनी कामदार हटाइने

News
02nd, July

मलेसिया । मलेसियालाई कामदार दिंदै आएको नेपालपछिको दोश्रो ठूलो श्रमिकस्रोत मुलुक बंगलादेशले आफ्ना कामदार मलेसिया पठाउन त्यहांका निजी म्यानपावर कम्पनीहरुलाई अनुमति दिएलगत्तै मलेसियासित सम्झौता गर्ने भएको छ ।

गत २०१२ नोभेम्बर २६ मा मलेसियासित (जिटूजि) भएको सम्झौतापछि बार्षिक १ लाख कामदार पठाउने पूर्व निर्धारित लक्ष्य पूरा नभएपछि बंगलादेश र मलेसियाबीच अब पुनः अर्को सम्झौता हुन लागेको हो । ३ बर्षमा करिब १५ लाख बंगलादेशी कामदार ल्याउने तयारी गरिरहेको मलेसिया र कामदार दिने तयारीमा रहेको बंगलादेशबीच आगामी जुलाई १७ पछि बंगलादेशको राजधानी ढाकामा सम्झौता हुने खबरहरु सार्वजनिक भएका छन् । उक्त निर्णय लागू भएमा मलेसियामा नेपाली कामदारको माग घट्नेछ ।

बंगलादेशको प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालयले त्यहांका निजी म्यानपावर कम्पनीमाथि यसअघि लगाएको बन्देज फुकुवा गरेपछि अब शुरुका ६ महिनामा करिब ५ लाख कामदार ल्याउने तयारी मलेसियाको छ । ती कामदारलाई अब प्लान्टेशनसहित निर्माण, कृषि र सेवा क्षेत्रमा समेत काम दिइने बताइएको छ । त्यसै गरि नेपाल सरकारले हालै गरेको निर्णयअनुसार भिसा र हवाईटिकट समेत रोजगारदाताले उपलब्ध गराउनुपर्ने र नेपाली ल्याउदा बढी खर्च लाग्ने हुंदा धेरैजसो रोजगारदाताले बंगलादेशका कामदार लिनसक्ने धेरैको ठम्याई छ । कामदारको मागपत्र लिन अब नेपाली र बंगलादेशका म्यानपावर कम्पनीबीच तीब्र प्रतिस्पर्धा हुनेछ । मलेसियामा रहेका करिब ८ लाख नेपालीमध्ये धेरैजसो सुरक्षा, सेवा र उत्पादन क्षेत्रमा कार्यरत छन् । ती क्षेत्रमा समेत बंगलादेशका कामदार राखिने भएकाले अब नेपालीको मागमा प्रत्यक्ष असर पर्ने भन्दै नेपाली म्यानपावर व्यवसायीहरु चिन्तित भएका छन् ।

यसैबीच मलेसियाले बंगलादेशबाट ती कामदार लिनुअघि गैरकानुनी कामदार पूर्ण रुपमा हटाउने भएको छ । लाखौं विदेशी कामदार गैरकानुनी अवस्थामा रहेको भन्दै मलेसियाले अब थप कडाई गरि गैरकानुनी कामदारलाई उनीहरुकै देश फर्काइने जनाएको छ । मलेसियाले पटक पटक घर फर्कने अवसर दिएपनि अझै लाखौं विदेशी कामदार गैरकानुनी अवस्थामा रहेको बताइएको छ । तीमध्ये हजारौं नेपाली पनि हुनसक्ने अनुमान छ । –

See more at: http://dainikpost.com/2015/06/30/115825

 

Message of Felication

Latest Video

Get In Touch