Wednesday, February, 21st, 2018 ,

मलेसियामा अलपत्र २५२ नेपालीलाई फर्काइयो

News
25th, July

मलेसिया । हवाइ टिकट अभावमा मलेसियाका फिर्ती केन्द्रहरुमा अलपत्र परेका २ सय ५२ जना नेपालीको उद्दार गरिएको छ । विभिन्न मुद्दामा दोषी पाइएपछि जेलसजाय काटिसकेका उनीहरुलाई विभिन्न निजी कम्पनीहरुको आर्थिक सहयोगमा उद्दार गरिएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ ।

दुतावासले सोमबार एक विज्ञप्ती प्रकासित गर्दै उनीहरुलाई विभिन्न नेपाली र मलेसियाका कम्पनीहरुको सहयोगमा फर्काइएको हो । ती कम्पनीले फिर्ती केन्द्रका नेपालीका लागि एकतर्फी हवाई टिकट सहयोग गरेपछि उनीहरुको उद्दार भएको हो ।

सहयोग गर्नेमा मलेसियाको म्याक सेक्युरिटी एसडिन बिएचडी, युनीभर्सल गार्डस्, अल सेफ गार्डस्, इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई), पर्सपरिटाज् म्यानेजमेन्ट सर्भिसेस, कोपरसी इमीग्रेसन बर्हाड, म्यानफोर्स रिसोर्सेस, बेस्टीनेट एसडिएन बिएचडि रहेका छन् । त्यस्तै सहयोगी नेपाली कम्पनीहरुमा हार्भेस्ट मुन टभल एण्ड टुर्स प्रालि, मुनिरा इन्टरनेशनल ट्रेडिङ को एसडिएन बिएचडि, आकर्षण इन्टरनेशनल ओभरसिज प्रालि, सुभास ह्युमन रिसोर्स प्रा लि, संयोग रिसोर्सेस प्रालि रहेका दुतावासको विज्ञप्तीमा उल्लेख गरिएको छ । दुतावासले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेको छ ।

कामका लागि मलेसिया आएका कतिपय नेपाली विभिन्न अभियोगमा सामान्यदेखि गम्भिर प्रकृतिका मानिने मुद्दामा जेल सजाय भोगीरहेका छन् । मलेसियामा जेलमा सजाय काटिसकेकाहरुलाई फिर्ती केन्द्रहरुमा सारेपछि उनीहरु स्वदेश फिर्न पाउउँछन् । तर परिवारसँग सम्पर्क हुन समस्या हुने हुँदा कतिपय हवाई टिकटको अभावमा ती केन्द्रमै अलपत्र पर्ने गरेका छन् ।

– See more at: http://dainikpost.com/2015/07/15/116442

 

Message of Felication

Latest Video

Get In Touch