Wednesday, February, 21st, 2018 ,

एनआरएन मलेसियामा महेन्द्रजंग शाह

News
28th, August

मलेसिया । गैर आवासीय नेपाली संघ मलेसियाको चौथो अधिवेसन सम्पन्न भएको छ । आगामी २ बर्षकोलागि महेन्द्रजंग शाहको अधक्षतामा १३ जनाको कार्य समिति निर्बिरोध चयन भएको छ । समितीको उपाध्क्षमा सुक माया गोमार शान्ति, महासचिबमा लाल बहादुर आले सुन्दर, कोषाध्क्षमा श्याम कला तिवारी, सचिबमा सुभद्रा लिंग्देल, सदस्यहरुमा राजेन्द्र साउद, ज्ञानेन्द्र सिंह, हरि प्रसाद कोइराला , रन्जीत कुमार क्षेत्री, टेक बहादुर टोमाटा, देव कुमारी टोमाटा, टेक बहादुर घर्तिमगर रहेका छन्। आइसीसी सदस्यमा खगेन्द्र नेउपाने निर्बिरोध निर्वा्चित भएका छन् आइसीसी सदस्येताको लागि उम्मेदवारी दिएका रमेश तिवारीले आफ्नो उम्मेदवारी फिर्ता लिए पछी उनि पनि निर्बिरोध बनेका हुन्। दुई बर्षको लागि सम्पूर्ण पदमा निर्बिरोध निर्वाचित हुदै राजधानी क्वालालम्पुरमा शनिबार अधिवेसन सम्पन्न भएको हो ।
अध्यक्ष पदमा विश्व राई सर्वसम्मत हुने निश्चित भएपनि उनले इच्छा नदेखाएपछि दुई जनाको उम्मेदवारी परेको थियो । तर, हरि भट्टराईले उम्मेदवारी फिर्ता गरेपछि महेन्द्रजंग शाह निर्बिरोध बनेका हुन् । कार्यक्रममा प्रमुख अतिथि तथा एन आर एन यसियाका क्षेत्रीय संयोजक गङ्गा राज राइले समाज र रास्ट्र परिबर्तनको लागि गैर आवासीय नेपालि संघले अमुल्य भूमिका खेल्दै आएको र अब पनि अहम भूमिका खेल्ने बताए । देसमा भैरहेको राजनीति अस्थिरताले नेपाल आमा बिरामी भएको भन्दै उनले थपे नेपाल आमाको मुहार फेर्न पनि एन आर एन ए नै अगाडी बढ्नु पर्छ । त्यस्तै निबर्तमान आइसीसी सदस्य भवानी शंकर तिवारीले मलेसिया एन आर एन ले बैधानिकता पाएको र अब विभिन्न समस्या हरुलाई निराकरण गर्न सकिने बताए ।
कार्यक्रममा निबर्तमान उपाधक्ष बिश्व राइले सुरुको दिनमा एनआरएनएमा मान्छे खोजेर राख्नु परेको, ५ जना बाट सुरु गरेर ६ वर्ष पछी मलेसियामा ७ सय भन्दाबढी भएकोमा आफुलाई गर्व लागेको बताए । ६ बर्षको अबधिमा एनआरएनए मलेसियाले नेपालबाट आउने विभिन्न संघ सस्थादेखि नेता मन्त्रीहरुसम्म यहाँका समस्याहरुको बारेमा जानाकारी गराउदै आएको छ । सम्बन्धित मन्त्रालयमा मलेसियासंग श्रम सम्झौता गर्न अनुरोध गरिएको, कला संस्कृतिको जगेर्नाको लागि नेपालि चाँड पर्बमा विभिन्न कार्यक्रमहरु गरेको, भूकम्प पीडितलाई नगद तथा जिन्सी सहयोग गरेको, भबन निर्माणको लागि ५० लाख रुपैया संकलन गरेको, त्यहाँको गैर सरकारी संस्थाहरुसंग समन्वयगरी नेपालि मजदुरहरुको समस्याको बारेमा जानकारी गराएको लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको जनाकारी दिए ।
निबर्तमान अध्यक्ष शंकर बहादुर पौडेलले आफु मलेसियन नेपालि भए पनि एनआरएनए मलेसियामा ३ कार्यकाल पुरा गरेको र अब बाहिर रहेर पनि पूर्ण रुपले सहयोग गर्ने बताए । निबर्तमान उपाध्यक्ष तथा बर्तमान निर्वाचित आइसिसि सदस्य खगेन्द्र नेउपानेले उपस्थित सम्पूर्णलाई स्वागत मन्तब्य राखेका थिए । नया कार्य समितीले सनिबार नै बैठक बसी प्रमुख संरक्षक शंकर बहादुर पौडेल, संरक्षकमा विश्व राइ, भवानी शंकर तिवारी, सल्लाहकारमा चोला कान्त पंगेनी र प्रेम पाण्डेलाइ चयन गरेका छन् । साथै समितीले आउदै गरेको महिला हरुको पर्ब हरितालिका तीज मनाउने निर्णय गरेको छ । जसको संयोजकमा सुभद्रा लिंग्देल र श्याम कला तिवारी र शान्ति थापा रहेका छन् । कार्यक्रममा नेपाली संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो । निबर्तमान अध्यक्ष शंकर बहादुर पौडेलको सभापतित्वोमा सम्पन्न कार्यक्रममा येमुना राना र रमेश मल्लले संचालन गरेका थिए। ।
– See more at: http://dainikpost.com/2015/08/23/117760

Message of Felication

Latest Video

Get In Touch