Wednesday, February, 21st, 2018 ,

एनआरएन मलेसियाद्धारा जेलमा रहेका नेपालीहरुलाई टिकट उपलब्ध

News
18th, September

रबि भट्ट,क्वालालम्पुर

बिभिन्न कारण मलेसियाको जेलमा रहेका नेपालीहरुलाई एनआरएनए मलेसियाले एक तर्फि हवाई टिकट उपलब्ध गराएको छ । मलेसियाको जोहोरबारु स्थित डिपोर्ट क्याम्पमा रहेका २० जना नेपालीहरुलाई घर फर्कनका लागि आज ( शुक्रबार ) संघले नेपाली राजदूतावास मलेसियालाई टिकट उपलब्ध गराएको हो ।

संघले ५० जना मध्ये पहिलो चरण २० जनालाई यहि अक्टोबर २ तारिक र बाँकि ३० जनालाई एनआरएनए केन्द्रिय अधिबेशनको समयमा टिकट उपलब्ध गराउने जानाकारी दिएको छ ।

एनआरएनए मलेसियाले गत सेप्टेम्बर १४ तारिक अध्यक्ष महेन्द्र जंङ शाहको अध्यक्षतामा बैठक बसि उक्त निर्णय गरेको थियो । एनआरएनए मलेसियाको अधिबेशन लगतै पहिलो पटक नेपाली महिलाहरुको पर्ब हरितालिका तीजको कार्यक्रम सम्पन्न गरेको थियो भने जेलमा रहेका नेपालीहरुको लागि टिकट उपलब्ध गराई दोस्रो कार्यको थालनी गरेको छ । यस्तै समस्यामा परेका नेपालीहरुको लागि सहयोग तथा बिभिन्न सामाजिक कार्य गर्दै एनआरएनए एनसिसि मलेसिया अघि बढ्ने अध्यक्ष शाहले दैनिक पोष्टलाई बताए ।

http://dainikpost.com/एनआरएन-मलेसियाद्धारा-जेल/

Message of Felication

Latest Video

Get In Touch